बैतडीमा युवायुवती मृत फेला

बैतडी- एक जोडी युवायुवती बैतडीमा मृत फेला परेका छन्। मृत फेला पर्नेमा जिल्लाको सिगास गाउँपालिका- ५ का २१ वर्षीय केशव दमाई र १८ वर्षीया रमिता विक रहेका बैतडीका प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।उनीहरू दुवै जना चिउरीको रुखको एकै हाँगोमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

मृतक दुवैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइदैछ। मृतक दुवैजना अविवाहित रहेका र प्रेम सम्बन्धमा रहेको हुनसक्ने अनुमान गरिएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...