अत्तरिया, २ भदाै- कैलालीको अत्तरियामा गौरा तथा तीज विशेष कार्यक्रमको आयोजना हुने भएको छ । राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान केन्द्रिय समिति अत्तरिया कैलालीको आयोजनामा भदौ ४ गते गौरा तथा तीज विशेष कार्यक्रम आयोजना गर्न लागिएको हो ।
बिहिबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष लिलाधर बास्कोटाले गौरा तीजको मौलिकता जोगाउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको बताए । उनले कार्यक्रममा चाडपर्वलाई तडकभडक नगरी संस्कृति परम्पराहरुको जगेर्ना गर्ने गरी मनाउने बताए । उनले संस्कृतिमा भएको प्रहार रोक्ने सन्देश समेत दिइने बताएका छन् ।

‘राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानले हाम्रा संस्कृति आउने पीडिलाई हस्तान्तरण गर्ने गरी बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ’ उनले भने ‘यसैको निरन्तरता स्वरुम हामीले गौरा तथा तीजका मौलिक संस्कृतिलाई पनि नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने गरी कार्यक्रम आयोजना गरेका हौ ।’
कार्यक्रममा गौराका बारेमा जानकारी दिन कार्यपत्र प्रस्तुग गरिने भएको छ । जुन कार्यपत्र कैलाली जनपुस्तकालयका अध्यक्ष डा. टिएन जोशीले प्रस्तुत गर्ने जनाइएको छ ।
त्यस्तै कार्यक्रममा तीज गित प्रतियोगिता पनि आयोजना गरीने आयोजकले जनाएको छ । प्रतियोगितामा महिला हिंसा न्यूनिकरण सम्बन्धि शिर्षकमा रहेर आफैले रचना गरेका गित सामुहिक रुपमा गाउनु पर्ने प्रतिष्ठानका अध्यक्ष बास्कोटाले बताए ।
उनले प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, द्धितिय हुनेलाई ३ हजार र तृतिय हुनेलाई २ हजार सहित प्रमाणपत्र प्रदान गरिने बताए । कार्यक्रमको प्रमुख अतिथिका रुपमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन्द भट्ट रहने आयोजकले जनाएको छ । प्रतिष्ठानका अध्यक्ष बास्कोटाले कार्यक्रममा मुख्यमन्त्री भट्टलाई प्रदेशको कला संस्कृतिको खोज अनुसन्धान गर्न दवाव दिईने बताए ।
अत्तरियामा रहेको पतजंलि योग हलमा हुने कार्यक्रमको उद्घाटन भदौ ४ गते बिहान ११ बजे गरिने कार्यक्रमको व्यवस्थापकियको सम्पूणर् जिम्मेवारी थ्रिडिभिएल क्रिएसन अत्तरियाले लिएको छ ।
