खेलकुद पत्रकार मञ्च कैलालीको अध्यक्षमा पाठक

धनगढी- नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीको अध्यक्षमा प्रदीप पाठक चयन भएका छन्। मञ्चको शनिबार भएको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनबाट पाठक सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्। यस्तै मञ्चको प्रथम उपाध्यक्षमा शंकर बोहरा, उपाध्यक्षमा दीनेशबहादुर बिष्ट र गगन अयडी, महासचिवमा हरि जोशी, सचिवमा विराज रोश्यारा र कोषाध्यक्षमा नवराज पनेरु चयन भएका छन्।

यस्तै मञ्चको सदस्यमा निराजन परियार, सविता बुढा, डिल्लीराज ओझा, पाण्डव पुजारा र निर्मला खडायत रहेका छन्। यसअघि खेलकुद पत्रकार मञ्चका अध्यक्ष सीताराम ओझाको अध्यक्षता र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाहको प्रमुख आतिथ्यतामा उद्धघाटन कार्यक्रम भएको थियो। कार्यक्रममा खेलकुद पत्रकार मञ्चका महासचिव प्रज्वल ओली र पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले शुभकामना मन्तव्य व्यक्त गरे।

Navadurga sun

बन्दसत्रमा मञ्चका महासचिव प्रदीप पाठकले सांगठनीक र कोषाध्यक्ष हरि जोशीले २३ लाख १ हजार ५७० आयव्ययसहितको आर्थिक प्रतिवेदन पेश गरेका थिए। मञ्चको समन्वय शाखा कैलालीले बर्सेनि स्पोर्टस अवार्ड कार्यक्रमको आयोजना गर्दै आएको छ। यस्तै मञ्चकै आयोजनामा मिडिया कप फुटसल प्रतियोगिता आयोजना गरेको थियो भने, कोरोनाकालमा जोखिम न्यूनिकरणका लागि मञ्चका सदस्यको कोरोना बिमा पनि गरेको थियो। गत आर्थिक वर्षमा प्रदेश खेलकुद परिषद् सुदूरपश्चिमको सहकार्यमा खेलकुद पत्रकारिता तालिम पनि आयोजना गरिएको थियो।

 

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...