आबेको आज अन्तिम संस्कार

टोकियो– जापानले मंगलबार शिन्जो आबेको अन्त्येष्टि गर्ने तयारी गरेको छ । जापामा लामो समय प्रधानमन्त्री बनेका आबेको गत हप्ता चुनावी र्यालीमा गोली हानी हत्या भएको थियो ।

६७ वर्षको उमेरमा निधन भएका आबेलाई श्रद्धाञ्जली दिन सोमबार साझ गर्मीको परबाह नगरी ठूलो संख्यामा मानिस उपस्थित भएका थिए । शुक्रबार घरेलु बन्दुक बोकेका एक व्यक्तिले उनको हत्या गरेका थिए ।

बन्दुक बनाउन आक्रमणकारीले युट्युबको सहयोग लिएका थिए । उनको हत्यापछि जापान स्तब्ध बनेको छ । आबे कुनै संगठनमा आबद्ध भएको र सो कार्यप्रति आक्रमणकारी असन्तुष्ट अनुसन्धानमा खुलेको छ ।

Loading...