कोरोना संक्रमणबाट कैलालीमा एकैदिन ३ जनाको मृत्यु

धनगढी, १७ बैशाख- कैलालीमा कोरोना भाइरसको संक्रणबाट आज एकै दिन मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
जिल्लाको लम्कीचुहा नगरपालिकाका ४३ वर्षीय पुरुष र गोदावरी नगरपालिका ११ का ६३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

लम्कीचुहाका ४३ वर्षीय पुरुष ७ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । उनी निमोनियाको बिरामी रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार ती पुरुषको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । आज बिहान ५ बजेकोे समयमा उनको मृत्यु भएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

त्यसैगरी गोदावरी नगरपालिका वडा नम्बर ११ का ६३ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

त्यसैगरी शुक्रबारनै बर्दगोरी गाउँपालिका-५ की ४० वर्षीया महिलाको मृत्यु भएको सेती अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए । अस्पतालको आइसियूमा उपचाररत ती महिला १५ गते भर्ना भएकी थिइन । उनीमा कडा खालको निमोनिया फेला परेको सूचना अधिकारी श्रेष्ठले बताए ।

बिहीबार मात्रै सुदूरपश्चिममा १५ जना संक्रमितको ज्यान गएको थियो । कैलालीका ६, कञ्चनपुरका ५, अछामका २, बझाङ र दार्चुलाका १/१ जनाको कोरोनाका कारण ज्यान गएको हो ।

Loading...