२०७९ सालको बिदा : दशैंमा ६ दिन, शनिबार बाहेक ४३ दिन बिदा (तालिका सहित)

संघीय सरकारले २०७९ सालको बिदा सार्वजनिक गरेको छ । बिहीबार राजपत्रमा प्रकाशित सूचनामा शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा उल्लेख छ ।

गृह मन्त्रालयले जारी गरेको सूचनामा वर्षभरिमा ५२ दिन शनिबार र ४३ दिनमध्ये ३३ दिन राष्ट्रिय बिदा र १० दिन सम्बन्धित क्षेत्रका कर्मचारीका लागि बिदा दिने जनाइएको छ । राजपत्रमा प्रकाशित सूचना अनुसार हरेक वर्ष चर्को बहस हुने पृथ्वी जयन्तीको दिन सरकारले राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

तर यस दिन सार्वजनिक बिदा भने दिइएको छैन । दशैंमा ६ दिन बिदा दिइएको छ भने तिहारमा ४ दिन बिदा छ । मुलुक संघीय संरचनामा गएपछि संघ, प्रदेश र स्थानीय तहले आफ्नो क्षेत्राधिकारभित्र थप बिदा दिन सक्ने व्यवस्था छ । यो भने संघीय सरकारले देशभर तोकेको बिदा मात्रै हो ।

२०७९ सालको बिदाको तालिका: 

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”10746″ /]

Loading...