सेतीमा थप २२ जनामा कोरोना पुष्टि

Dadeldhura hospital

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप २२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८१ नमुना परीक्षण गर्दा थप २२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा ५ जना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा २२ जना संक्रमित विरामी उपचाररत छन् ।ती मध्ये सात जनाको आइसियु र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

Loading...