अत्तरिया- कैलालीको गोदावरी नगरका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल (वैद्य समूह) का नगर सेक्रेटरी कमरेड राम भाटको ६९ वर्षको उमेरमा निधन भएको छ।
भाटको काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा भदौ १० गते निधन भएको हो। उनी ब्लड क्यान्सरलगायत अन्य स्वास्थ्य समस्याबाट पीडित थिए।

करिब दुई दशकभन्दा लामो समयदेखि क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा सक्रिय भाट देशलाई वैज्ञानिक समाजवादमा रूपान्तरण गर्ने अभियानमा निरन्तर संघर्षरत रहेको पार्टीले जनाएको छ। उनका एक छोरा र तीन छोरी छन्।
स्वर्गीय भाटको शवयात्रा तथा अन्त्येष्टि भदौ ११ गते गोदावरी आर्यघाटमा गरिएको थियो। अन्त्येष्टिका क्रममा पार्टीको झन्डा ओढाएर उनलाई सम्मान तथा श्रद्धाञ्जली अर्पण गरिएको थियो।
भाटको निधनले क्रान्तिकारी कम्युनिष्ट पार्टीमा ठूलो क्षति पुगेको पार्टीका नेता तथा कार्यकर्ताले बताएका छन्। साथै, समाजले एक सक्रिय समाजसेवीसमेत गुमाएको भन्दै स्थानीयवासीले दुःख व्यक्त गरेका छन्।
