महाकाली नदीको बीच टापुमा फसेका एक व्यक्तिको सकुशल उद्धार

कञ्चनपुर- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ मालिकास्थित महाकाली नदीको बीचमा रहेको टापुमा फसेका एक व्यक्तिको प्रहरीले सकुशल उद्धार गरेको छ।

आज बिहान करिब साढे ७ बजे फसेका काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–६ लहरेटोलका ५२ वर्षीय उमेश चौलागाईंलाई बिहान ८ः१० बजे उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Navadurga sun

प्रहरीले समयमै उद्धार अभियान सञ्चालन गरी चौलागाईंलाई सुरक्षित रूपमा बाहिर निकालेको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...