अत्तरियामा वडा स्तरीय भलिबल प्रतियोगिता हुने, टिम दर्ताका लागि आह्वान

प्रकाशबहादुर बोहरा/अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. १, अत्तरिया स्थित न्यू सृजनशील युवा क्लबको आयोजनामा वडा स्तरीय भलिबल प्रतियोगिता २०८३ आयोजना हुने भएको छ । खेलकुदको विकासलाई मध्यनजर गर्दै क्लबले आगामी जेठ २२ गते देखि जेठ २४ गतेसम्म पूर्वरोड महोत्सव स्थलमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
Navadurga sun
Godawari sandesh
क्लबले एक सूचना जारी गर्दै इच्छुक टोलीहरूलाई समयमै आफ्नो नाम दर्ता गराउन अनुरोध गरेको छ । टोली दर्ता गर्ने अन्तिम मिति २०८३ जेठ २१ गते बेलुका ४ बजेसम्म तोकिएको छ । 

प्रतियोगिता सम्बन्धि नियमहरुः

Dadeldhura hospital
  • टिम दर्ता गर्दा खेलाडीको परिचय खुल्ने प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

  • उमेर समुह: खुल्ला
    टिम दर्ता शुल्क रु. २,०००/- (दुई हजार मात्र)

  • खेल नकाउट प्रकयाबाट खेलाईने छ कारण वस सहभागी टिम संख्या कम रहेमा लिग चरणमा खेलाईने छ ।

  • खेलको दौरानमा विवाद सृजना भएमा रेफ्रि र आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

  • खेलाडीहरूको ड्रेस अनिवार्य गरिएको छ।

पुरस्कारको व्यवस्था

प्रतियोगिताका विजेताहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको क्लबले जनाएको छ । विजेता २५ हजार र उप-विजेताले १५ हजार रकम पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडिहरुलाई उचित पुरस्कारको व्यव्स्था समेत गरिएको छ । 

  • सहभागी टिमलाई प्रमाणपत्र दिइनेछ ।

  • तोकिएको समयमा मैदानमा अनुपस्थित टिम स्वतः खेलबाट बाहिरिनेछ ।

  • खेलमा जथाभावी गर्ने र बोल्नेलाई कार्ड दिइने छ ।

  • खेल खेल्दा चोटपटक लागेमा प्राथमिक उपचार आयोजकले गर्ने छ भने अन्य कुरामा आयोजक जिम्मेवारी हुने छैन।

  • सहभागी टिमले स्थानिय खेलाडिहरु लाई विशेष सहभागि गराउनु पर्नेछ ।

खेलमा सहभागी हुन वा थप जानकारीका लागि आयोजक समितिका प्रतिनिधिहरू विक्रम विष्ट माेवाइल नम्बर ९८५८४२६५५४, छविन्द्र नाथ योगी माेवाइल नम्बर ९८४८४६१५७४ र तिलक भण्डारी माेवाइल नम्बर ९८६८५०३९६९ सँग सम्पर्क गर्न सकिने क्लबका अध्यक्ष नर बहादुर राईद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

Loading...