महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

काठमाडौं, २९ फागुन- म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाएका छन्। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा बिहीबार चुनावी खर्च विवरण बुझाएका हुन्। उनले  चुनावमा २८ लाख ६८ हजार ८६८ रूपैयाँ खर्च गरेको आयोगमा बुझाएको विवरणमा उल्लेख छ।

Ganyapdhura gau
Dadeldhura hospital

जसअनुसार मनोनयन दर्तामा १० हजार, मतदाता नामावली खरिद ३ हजार, प्रचारप्रसार सामग्री खरिद २ लाख ९० हजार ५७५, यातायाता र मर्मत खर्च ६ लाख ६० हजार ९९८, चालक ज्याला १ लाख ४० हजार, होटल बास र खाना खर्च १३ लाख ७ हजार ६१९, डिजेल खर्च ३ लाख ६० हजार ४९९, स्टेशनरी २५ हजार ३०० र विविधमा ७० हजार ८७७ रूपैयाँ खर्च भएको उल्लेख छ।

Navadurga sun
Godawari sandesh

पुन १४ हजार ९३१ मतान्तरले म्याग्दीमा विजयी भएका थिए। उनले २२ हजार ८५० मत प्राप्त गर्दा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१२ मत ल्याएका थिए।  

निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र उम्मेदवारहरूले आयोगमा खर्च विवरण बुझाउनुपर्छ।

Couple
Loading...