गुनासा संवोधन गर्न सांसद दीपक बोहराले झलारीमा स्थापना गरे सचिवालय

कञ्चनपुर- कञ्चनपुर क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य दीपकराज बोहराले शुक्रबार शुक्लाफाँटा नगरपालिकाको झलारी बजारमा सचिवालय स्थापना गर्नुभएको छ ।

नागरिकले सहज रूपमा गुनासो संवोधन तथा सुझाव संकलनका लागि उहाँले टोलफ्री नम्बर समेत सचिवालयमा राखेको बताउनुभयो । आगामी दिनमा यहाँको विकास निर्माणमा जोड दिदैं जाने बताउँदै उहाँले सुशासन र समानतामा कमी नआउने दाबी गर्नुभयो ।

Navadurga sun

“पहुँचका आधारमा विकास हुने, भनसुनका आधारमा सरकारी सेवा लिनुपर्ने अवस्था अब रहदैन ।” सचिवालय उद्घाटनमा बोल्दै प्रतिनिधीसभा सदस्य बोहराले भन्नुभयो–“ यहाँको सर्वाङिण विकास र सार्वजनिक सेवा प्रवाहका विषयमा गहन अध्ययन गर्दैछु ।”

बोहराको सचिवालयमा १८१०५०००२५० नम्बरको टोल–फ्री सेवा पनि सञ्चालनमा ल्याइएको छ । “ यो नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्दैन ।” बोहराले भन्नुभयो–“ नागरिकको सुविधाका लागि टोल–फ्री नम्बर राखेका छौं, आफ्ना समस्या र गुनासो पनि रेकर्ड गराउन सकिनेछ ।”

यहाँको दैजीछेला औद्योगिक क्षेत्र सञ्चालन, कलुवापुर–बेलौरी सडक निर्माण, जग्गाधनीलाई लालपूर्जा उपलब्ध गराउने व्यवस्था, महाकाली सिँचाइ योजना तेस्रो चरणको नहरमा पानी ल्याउने कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने बोहराले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसअघि उहाँले महाकाली प्रादेशिक अस्पतालको सेवा विस्तार, सेवा प्रवाहका विषयमा अस्पतालमै पुगेर छलफल गर्नुका साथै यहाँको कृष्णपुर नगरपालिकाको बवनहरा शिविर छेउमा बसेका शुक्लाफाँटा निकुञ्ज विस्थापितको अनसन तोड्नु भएको थियो ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...