कैलालीको दैदवारीमा ३१ नेता–कार्यकर्ता कांग्रेस प्रवेश, आनन्द बिष्टले गरे स्वागत

अतरिया- कैलाली जिल्लाको गौरीगंगा–६, दैदवारीमा विभिन्न राजनीतिक दल परित्याग गरी ३१ जना स्थानीय नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई कैलाली निर्वाचन क्षेत्र नं. ४ का कांग्रेस उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’ले टीका तथा खादा लगाएर औपचारिक स्वागत गरेका हुन्।

Ganyapdhura gau
Dadeldhura hospital

प्रवेश गर्नेहरूमा अर्जुन चौधरी, तुलाराम चौधरी, परदेशु चौधरी, रामप्रसाद चौधरी, देशु चौधरी, धनीराम चौधरी, दिवस चौधरी, सागर चौधरी, मनिराम चौधरी, सोनु चौधरी, आशाराम चौधरी, रविन चौधरी, रामबहादुर चौधरी, दस्ता चौधरी, सीताराम चौधरी, जितु चौधरी, बुधराम चौधरी, धनिराम चौधरी, वसन्ती चौधरी, लाहनु चौधरी, लक्ष्मण चौधरी, सञ्जित चौधरी, रमेश चौधरी, विश्राम चौधरी, अम्मर चौधरी लगायत रहेका छन्।

Navadurga sun
Godawari sandesh

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार बिष्टले पछिल्लो समय क्षेत्र नं. ४ मा कांग्रेसप्रति जनताको भरोसा र आकर्षण बढ्दै गएको दाबी गरे। उनले विकास, सुशासन र जनहितका एजेन्डासहित आफू निर्वाचन मैदानमा उत्रिएको उल्लेख गर्दै दैदवारीसहित समग्र क्षेत्रको समुन्नतिका लागि प्रतिबद्ध रहेको बताए।

नवप्रवेशीहरूले लोकतन्त्रको सुदृढीकरण, स्थायित्व र समावेशी विकासका लागि कांग्रेस उपयुक्त विकल्प भएको निष्कर्षसहित पार्टी रोजेको बताएका छन्। उनीहरूले आगामी निर्वाचनमा कांग्रेस उम्मेदवारलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। स्थानीयस्तरमा विभिन्न दलबाट कांग्रेस प्रवेश गर्ने क्रम बढ्दै जाँदा कैलाली क्षेत्र नं. ४ को चुनावी माहोल थप तातेको देखिएको छ।

Couple
Loading...