ढकाल अत्तरियामा: कैलाली–४ का स्वतन्त्र उम्मेदवार भट्टलाई समर्थन

अत्तरिया- नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा चेम्बर अफ कमर्स सार्फका अध्यक्ष चण्डीराज ढकाल बुधबार अत्तरियामा आयोजित कार्यक्रममा सहभागी भई कैलाली क्षेत्र नं. ४ का स्वतन्त्र उम्मेदवार छत्र बहादुर भट्ट का पक्षमा समर्थन जनाएका छन्। कार्यक्रम अत्तरिया मा सम्पन्न भएको थियो।

कार्यक्रममा बोल्दै उम्मेदवार भट्टले अध्यक्ष ढकालको आगमनलाई आफ्नो लागि गौरवको विषय भएको बताउँदै औद्योगिक विकास, रोजगारी सिर्जना, स्थानीय उत्पादन प्रवर्द्धन तथा लगानीमैत्री वातावरण निर्माणका विषयमा मार्गदर्शन लिन उनलाई आमन्त्रण गरिएको स्पष्ट पारे। उनले निजी क्षेत्रसँग सहकार्य गर्दै दीर्घकालीन विकास योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

Navadurga sun

अध्यक्ष ढकालले भट्टलाई सक्षम र दूरदर्शी नेतृत्व भएको उल्लेख गर्दै स्पष्ट भिजन, समन्वय क्षमता र व्यापक सम्बन्धले क्षेत्रको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले पर्यटन प्रवर्द्धन, शिक्षा, खेलकुद तथा उद्यमशीलता विकासमा भट्टले पुर्‍याएको योगदानको प्रशंसा गर्दै औद्योगिक सम्भावनाको पहिचान, उद्यमशीलताको विकास र लगानीमैत्री वातावरण निर्माणमार्फत क्षेत्रको दिगो समृद्धि सम्भव रहेको धारणा राखे।

ढकालले निजी क्षेत्र र नेतृत्वबीच समन्वयात्मक सहकार्य आवश्यक रहेको औंल्याउँदै दीर्घकालीन विकासका लागि कार्यान्वयनक्षम योजना अपरिहार्य हुने बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...