कैलालीमा महिला कर्मचारीका लागि शिशु स्याहार र स्तनपान केन्द्र स्थापना

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–६ स्थित ग्रिन होम प्रालिमा नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको आर्थिक तथा प्राविधिक सहयोगमा शिशु स्याहार, प्राथमिक उपचार केन्द्र र स्तनपान कक्ष स्थापना गरिएको छ। करिब १० लाख रुपैयाँको लगानीमा तयार पारिएको यस केन्द्रले बालबच्चा भएका महिला कर्मचारीहरूले कार्यस्थलमै आफ्ना सन्तानको हेरचाह गर्न सक्ने वातावरण प्रदान गर्नेछ।

उद्योगमा हाल ९२ महिला र ३२ पुरुष कर्मचारी कार्यरत छन्। महिला कर्मचारीहरूले सन्तानको हेरचाहको कारण काम छोड्ने समस्या भोग्दै आएपछि यस पहल गरिएको हो। केन्द्रमा पोषणयुक्त खानेकुरा, खेलकुद सामग्री र आवश्यक उद्योग सहजकर्तासहितको व्यवस्था गरिएको छ।

Navadurga sun

नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष भरतराज आचार्यले यसले अवैतनिक हेरचाहको बोझ घटाउँदै लैङ्गिक समानता प्रवर्द्धन गर्ने बताए। उद्योग संचालक दिनेश लम्सालले महिला कर्मचारीहरूलाई राम्रो वातावरणमा काम गर्न प्रेरित गर्न केन्द्र स्थापना गरिएको बताए। सहायक निर्देशक हरि पौडेलले बालबालिकाले खेल्दै सिक्ने अवसर पाउने जानकारी दिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...