अक्षय कोष निर्माणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न

लक्ष्मी भट्ट/अत्तरिया- महिला तथा बालबालिका सेभ हाउसको आयोजनामा संस्थामा आश्रित बालिकाहरू तथा महिलाहरूका लागि अक्षय कोष निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८२ माघ २६ गतेदेखि फागुन ३ गतेसम्म संस्थाको प्राङ्गणमा सम्पन्न भएको छ । महाशिवरात्रिको दिन फागुन ३ गते कार्यक्रमको अनौपचारिक रुपमा समापन गरिएको आयोजकले जनाएको छ ।

महायज्ञको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले उद्घाटन गर्नु भएको कार्यक्रम आइतबार अनौपचारिक रुपमा सम्पन्न गरिएको हो । कथावाचन पूज्या देवी सुमि मानव ले व्यासाचार्य जनार्दन प्रसाद पन्तको सहयोगमा गर्नुभएको थियो । महायज्ञ मूल आयोजक संयोजक तथा बेहडा बाबा मन्दिरका पूर्व अध्यक्ष पदमराज जोशीको अध्यक्षतामा सञ्चालन भएको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

सात दिनसम्म चलेको महायज्ञको अन्तिम दिन फागुन ३ गते सम्पन्न भएको हो भने फागुन ४ गते बिहान ७ बजे पूर्णाहुति कार्यक्रम गरिएको थियो । आर्थिक संयोजक डाक्टर नरबहादुर मौनी रहेका थिए ।

हाल सेभ हाउसमा ४२ जना महिला तथा बालिकाहरूको उद्धार तथा संरक्षण गरिरहेकाे छ । संस्थाले सुरुवातमा दुई जना अनाथ बालिकाबाट सेवा सुरु गरेको थियो । आफ्नै भवन नभएकाले केही समय भाडामा सञ्चालन गरिएको सेभ हाउस अहिले पद्मा अस्पतालको सहयोगमा निःशुल्क रूपमा सेवा सञ्चालन भइरहेको छ ।

सेभ हाउसकी अध्यक्ष जानकी मलासीले महायज्ञबाट संस्थाका आवश्यक सुविधाहरू जुटाउन महत्त्वपूर्ण आर्थिक उपलब्धि भएको र छिट्टै अक्षय कोष निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।

Loading...