चुरे–६ बयलामा श्री मेलकटेश्वर माविको ६५औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

अत्तरिया- चुरे गाउँपालिका–६ बयला स्थित श्री मेलकटेश्वर माध्यमिक विद्यालय को ६५औँ वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

Ganyapdhura gau

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

विद्यालय व्यवस्थापन समिति अध्यक्ष दान बहादुर महरा को सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटी रहनुभएको थियो । त्यस्तै विशिष्ट अतिथि वडा नं. ६ का वडा अध्यक्ष प्रेम बहादुर साउद रहनुभएको थियो ।

कार्यक्रममा सहायक प्राचार्य दिपक ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन विद्यालयका शिक्षक गणेश ठगुन्नाले गर्नुभएको थियो ।

उक्त अवसरमा क्षेत्रका समाजसेवी, बुद्धिजीवी, विभिन्न विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, अभिभावक तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । 

Couple
Loading...