महिला तथा बालबालिका सेभ हाउसको आयोजनामा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

लक्ष्मी भट्ट/अत्तरिया- कैलालीको अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसको आयोजनामा यस संस्थामा आश्रित बालिकाहरू तथा महिलाहरूका लागि अक्षय कोष निर्माण गर्ने उद्देश्यले श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिएको छ । महायज्ञ २०८२ माघ २६ गतेदेखि फागुन ३ गतेसम्म संस्थाको प्राङ्गणमा सञ्चालन हुनेछ ।

godawari10 Mahila hinsa
Navadurga sun

महायज्ञको उद्घाटन गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले एक कार्यक्रमका बिच गर्नुभएको हो । यस महायज्ञमा कथावाचक पूज्या देवी सुमी मानव तथा उपव्यास व्यासाचार्य जनार्दन प्रसाद पन्तको सहयोगमा कथावाचन हुने व्यवस्था गरिएको छ ।

महायज्ञको मूल आयोजक समितिका संयोजक तथा बेहडा बाबा मन्दिरका पूर्व अध्यक्ष पदमराज जोशीको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिका प्रमुख वीरेन्द्र भट्ट रहनु भएको थियो भने विशिष्ट अतिथिहरूमा स्थानीय व्यापारी लालबहादुर बोकटी तथा पूज्या देवी सुमी मानव रहनु भएको थियो ।

कार्यक्रममा सेभ हाउसकी अध्यक्ष जानकी मलासीले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो । महायज्ञ एक साता अर्थात् ७ दिनसम्म सञ्चालन हुनेछ । कार्यक्रमका आर्थिक संयोजक डाक्टर नरबहादुर मौनी रहनु भएको छ ।

Dadeldhura hospital

नियमित कार्यक्रम अन्तर्गत माघ २६ गते बिहान ११ बजे यस क्षेत्रका विभिन्न संघ–संस्थाहरूको सहभागितामा अत्तरिया बजारमा र्याली तथा झाँकीसहित कलश यात्रा समेत गरिएको थियो ।

हाल सेभ हाउसमा ४२ जनाको उद्धार भइसकेको छ । प्रारम्भमा दुई जना अनाथ बालबालिकाबाट सेवा सुरु गरिएको थियो । सेभ हाउसको आफ्नै भवन नभएकाले केही समय भाडामा सञ्चालन गरिएको थियो भने हाल पद्मा अस्पतालको सहयोगमा बिना भाडा सेवा सञ्चालन भइरहेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख वीरेन्द्र भट्टले नगरपालिकाले आध्यात्मिक कार्य मात्र नभई सेभ हाउसलाई निरन्तर सहयोग गर्दै आइरहेको बताउनुभयो । उहाँले उद्घाटन समारोहका अवसरमा रु. दुई लाख आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिँदै आगामी दिनमा पनि सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अनाथ, वृद्ध तथा असहायहरूको सहयोग गर्नु विशुद्ध धार्मिक कार्य भएको उल्लेख गर्दै उहाँले यो महायज्ञले हिन्दू धर्मको जागरण, सनातन धर्मको संरक्षण तथा व्यक्तिमा आध्यात्मिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

Loading...