कैलाली–४ मा १५ दलसहित १७ जनाको उम्मेदवारी दर्ता

अत्तरिया- फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर–४ मा १५ वटा राजनीतिक दलसहित १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि नेपाल मजदुर किसान पार्टीकी अमृता भुल, राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल रजबार, नेशनल रिपब्लिक नेपालका गोपीलाल चौधरी, नेपाली कांग्रेसका गोरखबहादुर विष्ट, स्वतन्त्र उम्मेदवार छत्रबहादुर भट्ट खत्री र मितेरी पार्टी नेपालका दिनेशकुमार मल्लले उम्मेदवारी दर्ता गरेका छन् ।

Navadurga sun

त्यसैगरी नागरिक उन्मुक्ती पार्टीका धनबहादुर सुनार, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का भक्तबहादुर शाही, श्रम संस्कृति पार्टीबाट भिमबहादुर थापा मगर, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) बाट मोहनदेव मिश्र तथा नेपाल मानवतावादी पार्टीका यज्ञबहादुर टमोटाले पनि उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट लेखराज भट्ट, उज्यालो नेपाल पार्टीका सुभाष कुँवर, नेपाली कम्युनिस्ट पार्टीका हरिराम चौधरी र राष्ट्रिय जनमोर्चाका तर्फबाट हेमराज भट्टले उम्मेदवारी दर्ता गरेका सहायक निर्वाचन अधिकृत गीरीराज भण्डारीले जानकारी दिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट भने हरिप्रसाद रेग्मी र खेमराज कोइरालासहित दुई जनाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म समय तोकेको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...