

अत्तरिया- फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।


एमालेका तर्फबाट लेखराज भट्टले उम्मेदवारी दर्ता गराएका हुन् । हाल एमालेका उपमहासचिव समेत रहेका भट्ट २०६४ सालदेखि यहि क्षेत्रबाट चुनाव लड्दै आइरहेका छन् ।



२०६४ को निर्वाचनमा पहिलो पटक तत्कालीन नेकपा माओवादीबाट चुनावी प्रतिस्पर्धामा आएका भट्टले नेपाली कांग्रेसका उम्मेदवार दिर्घराज भाटलाई पराजित गर्दै आफ्नो संसदीय यात्रा तय गरेका थिए । २०७० सालको दोश्रो संविधान सभा निर्वाचनमा भट्ट भाटसंगै पराजित भएका थिए ।
२०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमाले–माओवादी गठबन्धनका उम्मेदवार बनेका भट्ट दोश्रो पटक निर्वाचित भए । त्यसबेला उनले निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सुनिल कुमार भण्डारीलाई पराजित गरेका थिए ।
२०७९ सालको निर्वाचनमा सोही क्षेत्रमा एमालेबाट उम्मेदवार बनेका थिए ।
कांग्रेस नेता वीरवहादुर बलायरसंग पराजित भएका थिए । चारवटा निर्वाचनमा दुई जित र दुई हार व्यहोरेका भट्ट पाँचौं पटक मैदानमा उत्रिएका हुन् ।





