कैलाली–५ बाट प्रेम आलेले गरे उम्मेदवारी दर्ता

कैलाली- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता प्रेम आलेले कैलाली–५ बाट उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

Dadeldhura hospital

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै कैलाली जिल्लाको समग्र विकास आफ्नो प्रमुख प्राथमिकता हुने बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

विशेषगरी गेटामा रहेको धनगढी विमानस्थल, सेती प्रादेशिक अस्पताल लगायतका महत्त्वपूर्ण पूर्वाधार परियोजनाको विकास र स्तरोन्नतिमा आफू सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त पनि उनले गरे ।

‘म मन्त्री हुँदा गेटा विमानस्थलको स्तरोन्नतिका लागि बजेट छुट्याएको थिएँ, तर पछि त्यो बजेट अन्यत्रै लगियो । त्यसका कारण काम रोकियो,’ उनले भने ।

Loading...