डडेलधुरामा अत्याधुनिक स्वास्थ्य चौकी भवन निर्माण

डडेलधुरा- डडेलधुरा सदरमुकाम बागबजारको पश्चिमतर्फ १४ किलोमिटरको मात्रै दुरीमा अवस्थित भागेश्वर गाउँपालिकाको अस्थायी मुकाम–४, बगरकोटमा स्वास्थ्य चौकीको आधुनिक भवन निर्माण गरिएको छ।

सात करोड रुपियाँभन्दा बढीको लागतमा निर्माण गरिएको भवन सञ्चालन भए सेवा प्रवाहमा निकै सहज हुने भागेश्वर गाउँपालिकाका स्वास्थ्यकर्मी र सेवाग्राहीको अपेक्षा छ । यसअघि यहाँ निर्माण गरिएको स्वास्थ्य चौकीको भवन चुहिने भइसकेको थियो।

Navadurga sun

पर्याप्त कोठा नहुँदा सेवा प्रवाह असहज भएकाले सेवाग्राहीले समस्या झेल्नु परेको स्वास्थ्य शाखा अधिकृत मानबहादुर साहूले बताए। उनका अनुसार दुईतले भवनको पहिलो तलामा नौ वटा कोठा र माथिल्लो तलामा २४ घण्टा सेवा दिने स्वास्थ्यकर्मीका लागि दुई वटा आवासका कोठा छन्। बिरामीका लागि तल्लो तलाको छेउमा शैचालयसँगै फोहोर व्यवस्थापनका लागि डम्पिङ साइटसमेत निर्माण गरिएको छ।

नवनिर्मित भवनबाट सेवा प्रारम्भ भए स्वास्थ्य चौकीबाट दिइने प्रतिकारात्मक, प्रवर्धनात्मक र उपचारात्मक सेवा चौबिसै घण्टा पाउनुका साथै फराकिलो र सफा भवनभित्रका अलग अलग कक्षबाट सेवाग्राहीले सेवा पाउने उनले बताए।स्वास्थ्य चौकीबाट वार्षिक सरदर तीन हजार बिरामीले सेवा लिने गरेका छन्। उनले भने, “सीमित स्रोतसाधनमा सक्दो गुणस्तरीय सेवा प्रवाह गर्ने कोसिस गरिरहेका हुन्छौँ। गाउँपालिकाले वार्षिक ३८ लाख रुपियाँसम्म बजेट स्वास्थ्य शाखाका लागि छुट्याउने गरेको छ । शिविर आयोजना भए थप रकम उपलब्ध हुने गरेको छ।”

भागेश्वर गाउँपालिकामा गत वर्ष सरकारले उपलब्ध गराउने स्वास्थ्य उपचार खर्च उपभोग गर्ने ११ जना रहेका उनले बताए। उनका अनुसार क्यान्सर, मिर्गौला प्रत्यारोपण, डायलासिसलगायत दीर्घरोगीलाई सरकारले मासिक रूपमा उपलब्ध गराउने पाँच हजार रुपियाँ पाउने ११ जना छन् ।

गाउँपालिकाले गत वर्ष शल्यक्रियासहित आँखा शिविर र स्वास्थ्य शिविर आयोजना गरेको थियो । जर्मन विकास बैङ्क केएफडब्लुको अनुदान भ्याट रकमसहित सात करोड १७ लाख ६२ हजार रुपियाँको लागतमा आधुनिक भवन निर्माण गरिएको भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौतले जानकारी दिए। उनका अनुसार जर्मन प्रविधिबाटै स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ।

ग्रामीण क्षेत्रमा शिशु स्याहार र मातृत्व सुधारका लागि स्वास्थ्य चौकीको भवन निर्माण गरिएको उनले बताए। उनका अनुसार भागेश्वरको ग्रामीण क्षेत्र रुपालमा पनि १० शøयाको अस्पताल निर्माणको काम जारी छ। भागेश्वर गाउँपालिका–२ मा पर्ने रुपाल क्षेत्र भारतीय सिमाना काली नदीसँग जोडिएको क्षेत्र हो।

बगारकोटसम्म सडक कालोपत्रे भए पनि त्यसउता साँघुरो ग्रामीण कच्ची सडक छ। रुपालबाट जिल्ला सदरमुकाम पुग्न करिब पाँच घण्टाको यात्रा गर्नुपर्ने बाध्यता रहेको उनले बताए। 

ADD Khali jpg
ADD Khali jpg
Loading...