बैतडीको पुर्चौडीमा आज सार्वजनिक विदा

बैतडी- बैतडीको पुर्चौडी नगरपालिकाले आज (शुक्रवार) सार्वजनिक बिदा दिएको छ। नगरपालिकाको वडा नं १ स्थित प्रसिद्ध राताशीला त्रिवेणी धाममा लाग्ने गिरेगडा कफलखाना जात्राको अवसरमा स्थानीय सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ। 

Dadeldhura hospital

विदाका दिन नगरपालिकाभित्रका सबै सरकारी तथा गैर सरकारी निकाय, शिक्षण संस्था लगायतमा सार्वजनिक बिदा रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर नेपालीले बताए।

Navadurga sun
Godawari sandesh

गिरेगडा कफलखाना जात्रा हरेक बर्ष कार्तिक शुक्ल दशमीका दिन शुरु भइ कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीका दिन समापन हुने गर्दछ।

गिरेगडा कफलखाना जात्रा शुक्रवार शुरु हुने र शनिवार हरिबोधनी एकादशीका दिन समापन हुने पुर्चौडी नगरपालिका वडा नं १ का वडा अध्यक्ष गणेशबहादुर गडालले बताए।

Loading...