कैलालीको गोदावरी नगरपालिकामा नयाँ ग्रामिण अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण

अत्तरिया- सुदूरपश्चिम प्रदेशको प्रदेश स्वास्थ्य आपूर्ती केन्द्रले गोदावरी नगरपालिकालाई नयाँ ग्रामिण अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण गरेको छ। नगरपालिकामा केही समयअघि भएको आगजनीका कारण पूर्वाधार र उपकरणहरू पूर्ण रूपमा नष्ट भएपछि स्वास्थ्य सेवा ठप्पजस्तै बनेको थियो।

Ganyapdhura gau

नगर प्रमुख बिरेन्द्र भट्टको विशेष पहलमा करिब १६ लाख रुपैयाँ लागतमा नयाँ ग्रामिण अल्ट्रासाउण्ड मेसिन पुनः स्थापना गरिएको हो । यस उपकरणको आगमनसँगै नगर क्षेत्रका स्वास्थ्य सेवाहरू पुनः सञ्चालनमा आउने विश्वास गरिएको छ ।

Navadurga sun

प्रदेश स्वास्थ्य आपूर्ती केन्द्रका प्रमुख झनक ढुंगानाले बिहीबार औपचारिक रूपमा उक्त मेसिन गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रतिनिधि बिर बहादुर कुंवरलाई हस्तान्तरण गरे । सो अवसरमा प्रदेश सामाजिक विकास मन्त्री मेघराज खड्का पनि उपस्थित थिए ।

Dadhaldhura pur

स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीका अनुसार आगजनीपछि अल्ट्रासाउण्ड मेसिन नहुँदा नगरका दुर्गम र विकट बस्तीका गर्भवती महिलाहरूलाई अत्यधिक समस्या परेको थियो । उनले भने, “नगर प्रमुखज्यूको सक्रिय पहलका कारण समयमै नयाँ उपकरण प्राप्त भएपछि अब गर्भवती महिलाहरूलाई निःशुल्क तथा सहज स्वास्थ्य सेवा उपलब्ध हुने भएको छ ।”

नगर प्रमुख बिरेन्द्र भट्टले ग्रामिण अल्ट्रासाउण्ड मेसिन प्राप्त भएपछि नगरका सबै वडामा रहेका प्राथमिक स्वास्थ्य केन्द्र र मातृ स्वास्थ्य सेवा केन्द्रहरूमा पुनः नियमित सेवा सुरु गर्न सकिने बताए । उनका अनुसार, “अब कुनै पनि गर्भवती महिलालाई अल्ट्रासाउण्ड गर्नका लागि टाढा जानु नपरोस् भन्ने हाम्रो लक्ष्य हो ।”

भट्टले भने, “आगजनीपछि जनताको आवश्यकता र समाजसेवीहरूको सहयोगमा हामीले स्वास्थ्य सेवा पुनः सुरु गर्न सफल भएका छौं । यो हाम्रो सामूहिक प्रयासको परिणाम हो ।”

स्थानीयवासीहरूले यस उपकरण हस्तान्तरणलाई गोदावरी नगरपालिकामा स्वास्थ्य सेवाको पुनर्जीवनको सुरुवातका रूपमा स्वागत गरेका छन् । उनीहरूको भनाइमा, अब गाउँका महिलाहरूले नजिकैबाट गुणस्तरीय मातृ स्वास्थ्य सेवा पाउने भएकाले ठूलो राहत प्राप्त भएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...