आज अन्तरराष्ट्रिय सेवाशुश्रूषा दिवस

असहाय, वृद्धि, अपाङ्ग तथा सामाजिक रुपमा कमजोर वर्गको सहयोगप्रति जागरुकता अभिवृद्धिका विविध कार्यक्रम आयोजना गरेर आज विश्वका विभिन्न देशमा अन्तरराष्ट्रिय सेवाशुश्रूषा दिवस मनाइँदैछ। 

Ganyapdhura gau
Dadeldhura hospital

संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न मुलुकमा सरकारी तथा गैरसरकारी संस्थाले यो दिवसमा सेवाशुश्रूषामा आफूलाई केन्द्रित गर्न सर्वसाधारणलाई आह्वान गर्दै आएका छन्। आज राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालय र अन्तरराष्ट्रिय श्रम सङ्गठनको अगुवाइमा यी कार्यक्रम हुँदैछन्।

Navadurga sun
Godawari sandesh

संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वमा सेवाशुश्रूषामा २४ करोड ९० लाख महिला र १३ करोड २० लाख पुरुष संलग्न छन्। सन् २०३० सम्ममा बालबालिका र वृद्धवृद्धाको सङ्ख्या बढ्ने भएकाले उनीहरुको सेवाशुश्रूषा गर्न दुई अर्ब ३० करोड जनशक्ति आवश्यक पर्ने अनुमान गरिएको छ। रासस

Couple
Loading...