


जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति कञ्चनपुरका भुवन शाही हुन्, जो नेपाली सेनाबाट बर्खास्त भएका थिए । उनलाई सोमबार मिनभवनबाट प्रहरीले पक्राउ गरेको हो ।


भुवन शाहीले नयाँ बानेश्वरमा रहेको प्रहरी कार्यालय र ग्लोबल कलेजमा तोडफोड र लुटपाट गरेको प्रमाण प्रहरीले पाएको छ । अहिले उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौँमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

