गोदावरी–१ मा निःशुल्क आँखा शिविर सम्पन्न

अत्तरिया/लक्ष्मी भट्ट- कैलालीको गोदावरी नगरपालिका–१, अत्तरिया स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आज (मङ्गलबार) निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । यो शिविर हेल्थ फाउन्डेशन नेपालको सहयोगमा तथा गोदावरी नगरपालिका र आँखा अस्पतालको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

Ganyapdhura gau

Navadurga sun
Dadhaldhura pur

कार्यक्रममा डाक्टर पूजा रावलको संयोजनमा अनिल भण्डारी र विष्णु थापा मगरले सेवा प्रदान गरेका थिए । शिविरमा सर्जरी, चस्मा र औषधि वितरण लगायतका सबै सेवा निःशुल्क उपलब्ध गराइएको थियो ।

मोतिबिन्दु, आँखामा मासु पलाउने समस्या, जलविन्दु लगायतका बिरामीको अपरेसन पनि निःशुल्क रूपमा गरिएको आयोजकले जनाएका छन्। यो आँखा शिविर गोदावरी नगरपालिकाका केही वडामा सम्पन्न भइसकेको र केही वडामा अझै सञ्चालन हुन बाँकी रहेको जानकारी आयोजक पक्षले दिएको छ ।

कार्यक्रममा वडा नं. १ का अध्यक्ष गोपाल दत्त भट्ट समेतको उपस्थिति रहेको थियो । शिविरबाट करिब १०० जना स्थानीयवासीले स्वास्थ्य सेवा प्राप्त गरेको बताइएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...