भाइटिकाका दिन गोदावरी नगरपालिकाद्वारा निःशुल्क बस सेवा सञ्चालन

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले भाइटिकाको अवसरमा कार्तिक ६ गते (भोलि) निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले नवजीवन अस्पताल धनगढीको सहयोगमा स्थानीय नागरिकलाई सहज यात्रा सुविधा उपलब्ध गराउन यो सेवा सञ्चालन गर्न लागेको हो ।

नगरप्रमुख वीरेन्द्र भट्टका अनुसार, भाइटिकाको दिन यात्रुहरूको भीड बढ्ने भएकाले सर्वसाधारणलाई यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले तीन रुटमा एक–एक वटा बस सञ्चालन गर्न लागिएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

निःशुल्क बस सेवा अत्तरिया–धनगढी, अत्तरिया–चौमाला बजार, र अत्तरिया–ओलानी (गौडी) तीन रुटमा सञ्चालन हुनेछ ।

Dadeldhura hospital

नगरपालिकाले प्रकाशित गरेको सूचना अनुसार– अत्तरिया–धनगढी रुटमा बिहान ९ बजे, साढे १० बजे, साढे ११ बजे, दिउँसो साढे १२ बजे र १ बजे गरी पाँच वटा यात्रा हुनेछ ।

त्यस्तै, अत्तरिया–चौमाला बजार रुटमा बिहान ९ बजे, साढे १० बजे, पौने १२ बजे र दिउँसो १ बजे गरी चारवटा यात्रा सञ्चालन हुनेछ ।

यस्तै, अत्तरिया–ओलानी (गौडी) रुटमा बिहान ९ बजे, पौने १२ बजे र दिउँसो १ बजे गरी तीनवटा यात्रा हुने नगरपालिकाले जनाएको छ ।

गोदावरी नगरपालिकाले नागरिकलाई भाइटिकाको दिन सहज र सुरक्षित रूपमा आवागमन गर्न सकून् भन्ने उद्देश्यले यो सेवा उपलब्ध गराउने तयारी गरेको जनाएको छ ।

Loading...