कञ्चनपुरमा विपद्जन्य घटनाबाट ठूलो जनधनको क्षति

कञ्चनपुर- चालु आर्थिक वर्षको हालसम्म कञ्चनपुरमा आगलागी, करेन्ट, सर्पदंश, जङ्गली जनावरको आक्रमण र बाढीजन्य विपद्ले ठूलो जनधनको क्षति पु¥याएका छन्।

Ganyapdhura gau

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार आगलागीबाट तीन घर पूर्ण रूपमा जलेका छन् भने पाँच घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। यस क्रममा घरभित्रका बहुमूल्य सामान, महत्त्वपूर्ण कागजात र भण्डारण गरिएको अन्न जलेर करिब २२ लाख ३२ हजार रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीका कारण एक चौपायाको मृत्यु र १२ चौपाया घाइते भएका छन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

त्यस्तै, करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। सो घटनामा एक भैँसीको समेत मृत्यु भएको छ। सर्पदंशका कारण एक जनाको ज्यान गएको छ भने ३१ जना घाइते भएका छन्।

जङ्गली जनावरको आक्रमणबाट पनि जिल्लावासी पीडित बनेका छन्। बाघको आक्रमणमा दुई जना र हात्तीको आक्रमणमा एक जना घाइते भएका छन्। त्यस्तै १० चौपाया मारिएका, एक चौपाया घाइते भएका र २० भन्दा बढी घर आंशिक क्षतिग्रस्त भएका छन्। जनावर आक्रमणबाट मात्र करिब १० लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

यसैगरी नदीमा डुबेर दुई जनाको मृत्यु, तीन जना बेपत्ता र एक चौपायाको मृत्यु भएको छ। बाढीका कारण चार घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ६३ घरमा पानी पस्दा सामान्य क्षति पुगेको छ। वर्षाजन्य विपद्ले मात्र करिब चार लाख ४५ हजार रुपैयाँ बराबरको क्षति पुगेको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए।

Couple
Loading...