लुटपाटमा संलग्न २७ जना नेपाली सेनाको नियन्त्रणमा, ३३ लाख ७० हजार बरामद

धनगढी- नेपाली सेनाले लुटपाटमा संलग्न २७ जना पक्राउ गरेको छ । विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरूमा संलग्न २७ जना पक्राउ परेका हुन् ।

Ganyapdhura gau
Dadhaldhura pur

मंगलबार रातको १० बजेबाट देशैभर नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरू परिचालन भएपश्चात् बुधवार बिहान १० बजेसम्म काठमाडौं लगायत देशका विभिन्न स्थानहरूमा विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरूमा संलग्न २७ जनालाई पक्राउ गरिएको सेनाले जनाएको छ । गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद गरिएको छ ।

Navadurga sun

त्यस्तै, ३ वटा वारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भइरहेको सेनले जनाएको छ । सेनाका अनुसार विभिन्न स्थानहरूबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागेजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको छ । साथै, २३ जना घाइते नेपाल प्रहरी तथा ३ जना गैर सैनिक व्यक्तिहरूको सैनिक अस्पतालहरूमा उपचार भइरहेको सेनाले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...