आज कमेडी च्याम्पियनको ग्रान्ड फिनाले हुँदै





काठमाडौं, २ असाेज- कमेडी च्याम्पियन सिजन–२ को ग्रान्ड फिनाले आज हुँदै छ । आज साँझ नियमित सेटमै ग्रान्ड फिनाले हुनेछ । साँझ ९ बजेबाट कार्यक्रम सुरु हुनेछ । “९ बजेदखि कार्यक्रम सुरु हुनेछ । राति १० बजेबाट ग्रान्ड फिनाले सुरु हुनेछ,” निर्देशक विशाल भण्डारीले भने, “राति ११ बजेसम्म रिजल्ट सार्वजनिक भइसक्ने छ ।”


फाइनलमा भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापा पुगेका छन् । उनीहरु फाइनलका लागि भोट माग्न होम टाउन पुगेर फर्किसकेका छन् ।



