अट्वारी पर्वको बिदाको मिति सच्याउन माग

धनगढी- थारू समुदायका अगुवाले अट्वारी पर्वको बिदाको मिति सच्याउन माग गरेका छन् । अट्वारी पर्वको अवसरमा प्रदेश सरकारले गलत तिथिमा बिदा दिएको भन्दै उनीहरूले मिति सच्याउन माग गरेका हुन ।

Ganyapdhura gau

थारू समुदायले यसवर्षको अट्वारी भदौ ८ गते मनाउने भए पनि प्रदेश सरकारले अट्वारी पर्वको अवसरमा साउन २५ गते नै प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

प्रदेश सरकारले गत चैत २२ गते २०८२ सालमा परेका पर्वको सार्वजनिक बिदा सम्बन्धी सूचना प्रदेश राजपत्रमा प्रकाशित गरेको थियो । अट्वारी बिदाको तिथि फरक परे पनि अहिले सम्म सच्याइएको छैन । कञ्चनपुरको बेलौरी नगर भलमनसा समितिले भदौ ८ गते आइतवारका दिन अट्वारी पर्वको सार्वजनिक बिदा कायम गर्न प्रदेश सरकारलाई अनुरोध गरेको छ ।

थारू समुदायले मनाउने अट्वारी पर्व श्री कृष्ण जन्माष्टमी पछि पर्ने शुक्लपक्षको पहिलो आइतबार परेकाले अट्वारी पर्वको मिति सच्याएर भदौ ८ गते कायम गर्नुपर्ने समितिका अध्यक्ष अमरसिंह चौधरीले बताए । थारू समुदायले मनाउने अस्टिम्की पर्व यस वर्ष साउन ३१ गते परेको छ । अस्टिम्कीपछि मात्रै आफ्नो समुदायले अट्वारी पर्व मनाउने गरेको थारू साहित्यकार डा.  कृष्णराज सर्वहारीको भनाइ छ ।

अट्वारीको सार्वजनिक बिदा कायमका लागि मिति तय गर्न प्रदेशको आर्थिक मामिला तथा कानुन मन्त्रालयले कैलाली र कञ्चनपुरका थारू कल्याणकारिणी सभालाई पत्र पठाएको थियो । दुवै जिल्लाको थारू कल्याणकारिणी सभाले गरेको सिफारिसको आधारमा मन्त्रिपरिषद्ले निर्णय गरेपछि साउन २५ गते बिदा कायम गरिएको मन्त्रालयका उपसचिव एवम् प्रवक्ता आमोद दाहालले बताए ।

यद्यपि, मिति फरक परेको भन्दै दुवै जिल्लाबाट बिदाको मिति संशोधनका लागि पुनः मन्त्रालयमा निवेदन आइसकेको उनले जानकारी दिए।“त्रुटि सच्याइ पाउँ भनेर निवेदन आएको छ”, प्रवक्ता दाहालले भने,“मन्त्री ज्यूले बिदा संशोधन सम्बन्धी प्रस्ताव मन्त्रीपरिषदमा लैजाने निर्णय गरी सक्नुभएको छ। मन्त्रिपरिषद्ले निर्णय गरेपछि संशोधित मिति राजपत्रमा प्रकाशित हुन्छ ।”

Loading...