अत्तरिया- चर्चित मोडल अनु खड्का को आवाजमा “चाइनो हजार” डेउडा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।


मनोज मनु र अनु खड्का को आवाजमा रहेको उक्त म्युजिक भिडियोमा दिपक पन्तको निर्देशन रहेको छ भने अनु खड्का र भोजराज जोसि (क्वालिटि) को अभिनय रहेको छ ।


उक्त म्युजिक भिडियो मंगलबार मोडल अनु खड्का ले आफ्नो जन्म दिनको अवसर पारि Anu Khadka युटुव च्यानल मार्फत सार्वजनिक गरेकी हुन ।

सयौँ म्युजिक भिडियोमा अभिनय गरिसकेकी अनु ले पहिलो पटक आफ्नै आवाजमा गीत रेकर्ड गरेकी हुन ।
पेशाले स्टाफ नर्स समेत रहेकी अनु खड्का म्युजिक भिडियो संगै पछिल्लो समय सुदूरपश्चिममा लाग्ने मेला महोत्सव मा पनि व्यस्त रहेकी छन ।
भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस ….





