डोटीमा करेन्ट लागेर सात बाख्रा मरे

डोटी । डोटीमा जंगलमा चर्दै गरेको अवस्थामा करेन्ट लागेर सात बाख्रा मरेका छन्। जिल्लाको बडीकेदार गाउँपालिका–३ जैसीबाजमा बिजुलीको करेन्ट लागेर सात बाख्रा मरेका हुन्।

जंगलमा बाख्रा चरिरहेको अवस्थामा एक्कासी जमिनमा करेन्ट प्रवाह भई भीमबहादुर साउद र भगिराम साउदका बाख्राको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्। घटनाबारे विस्तृत जानकारी भने प्रहरीको अनुसन्धानपछि मात्र थाह हुने खड्यौली प्रहरी चौकीले जनाएको छ।

Navadurga sun

तार लत्रने, रूखका पातहरूमा झांगिने तथा पोलहरू ढलेका कारण वर्षाको समयमा विद्युत् प्रवाह भइरहेकाले त्यसबारे सरोकारवालाले विस्तृत रुपमा जाँच गर्न आवश्यक रहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले बताए।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...