

नरेश नाथ योगी/अत्तरिया- चुरे गाउँपालिका–६ मा सञ्चालन गरिएको आन्तरिक तथा बाह्य परजीवी नियन्त्रण शिविर कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । गाउँपालिका पशु शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा १ सय ७८ घरधुरीबाट कुल ७ हजार ४ सय २४ जना कृषकले सेवा लिएका छन् ।


यसअघि कार्यक्रमको उद्घाटन चुरे गाउँपालिका–१, सायलबाट गरिएको थियो। उद्घाटन शिविरमा मात्र ६ हजार ७ सय किसानले सेवा लिएका थिए । शिविरको उद्देश्य पशुहरूमा देखिने आन्तरिक तथा बाह्य परजीवी नियन्त्रण गर्दै पशु स्वास्थ्य सुधार गर्नु रहेको आयोजकले जनाएका छन्।




कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम बहादुर साउद सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि चुरे गाउँपालिकाकी उपाध्यक्ष धना देवी थापा रहनु भएको थियो । त्यस्तै अतिथीका रुपमा पशु शाखा प्रमुख धर्मराज भट्ट रहनु भएको थियो।
त्यस्तै शिविरमा चुरे गाउँपालिका वडा नं. १ का ना.प्रा.से.प्रा. जनकराज जोशी, वडा नं. ३ का ना.प्रा.से.प्रा. प्रेम बहादुर साउद र वडा नं. ६ का ना.प्रा.से.प्रा. हेमन्ता बिष्टले सेवा दिएका थिए।

कार्यक्रम सञ्चलन वडा नम्बर ५ का स्वास्थ्य प्राविधिक खगेन्द्र बोहोराले गरेका थिए । स्थानीय किसानहरूले यस्ता शिविरले पशुपालनमा सहजता ल्याएको भन्दै खुसी व्यक्त गरेका छन् ।