नेकपा एमालेको वडा स्तरिय कमिटी गठन, अध्यक्षमा खड्क वली

अत्तरिया, २७ भदौ- कैलालीको गोदावरी नगरपालिका वडा नं.७ मा नेकपा एमालेको वडा स्तरिय कमिटी गठन गरिएको छ । स्थानीय नेता तथा कार्यकर्ताको बसेको भेलाले वडा स्तरिय कमिटि गठन गरेको हो ।

उक्त भेलाले खड्क वलीको संयोजकत्वमा ३९ सदस्यीय वडा कमिटि गठन गरेको पार्टिका नगर कमिटि सचिब आनन्द भट्टले जानकारी दिए । स्थानीय तहसम्मको पार्टी निर्माणमा केन्द्रको निणर्य मात्रै कुर्ने हो भने निकै ढिला हुने भएकाले हामीहरुले वडा, टोल भेलाहरु गरेर अगाडी बढी रहेको सचिब भट्टले बताए ।

Navadurga sun

हामीले सर्वसम्मत रुपमा वडास्तरिय कमिटिलाई पूणर्ता दिई रहेका छौ उनले भने । अब हामी पार्टि बिभाजनपछि नयाँ संरचनाबाट पार्टिका कामकाजहरुलाई निरन्तरता दिई कामकाज गरिरहेको समेत उनले बताए ।

नेकपा एमालेका गोदावरी नगर ईन्चार्ज रामलाल चौधरी, नेकपा एमालेका नगर अध्यक्ष गोकणर् भट्ट, नगर सचिब आनन्द भट्ट, गोदावरी नगरपालिका नगरप्रमुख हरि सिह साउद लगायत स्थानीयस्तरका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...