सेती महाकाली ट्रक यातायात व्यवसायी संघको अध्यक्षमा पुनः जोशी चयन

धनगढी, २६ भदौ- आगामी ३ बर्षे कार्याकालका लागि सेती महाकाली ट्रक यातायात व्यवसायी संघको अध्यक्षमा पुनः चेतराज जोशी चयन भएका छन् । शनिबार धनगढीमा भएको संघको १० औं साधारण सभा तथा ८ औं अधिवेशनले आगामी ३ वर्षका लागि जोशीलाई निर्विरोध चयन गरेको हो ।

Dadeldhura hospital

साधारण सभाले अध्यक्ष लगायत संघका सम्पुणर् पदाधिकारीहरुलाई निर्विरोध चयन गरिएको छ । संघको वरिष्ठ उपाध्यक्षमा धर्मपालसिंह रावत, बिरेन्द्रबहादुर सिंह (प्रशासन उपाध्यक्ष) र धनबहादुर बिष्ट (उद्दार उपाध्यक्ष) चयन भएका छन् । महासचिवमा दुर्गाप्रसाद जोशी, सचीवमा मोहनसिंह साउद, सह-सचीवमा तारा धामी, कोषाध्यक्षमा ध्रुबराज कार्की र सह-कोषाध्यक्ष रमेश बम चयन भएका छन् ।

Navadurga sun
Godawari sandesh

त्यसैगरी ११ जना सदस्य समेत निर्विरोध चयन गरिएको निर्वाचन समितिका संयोजक वीरबहादुर जेठाराले जानकारी दिए । योगेन्द्र (यम) बम, लोकराज जोशी, हरिश अवस्थी, हरिसिंह महरा, लक्ष्मणबहादुर शाह, प्रेम बिष्ट र सुरेन्द्र बहादुर रावल सदस्यमा चयन भएका हुन् । त्यस्तै रमेशप्रसाद बोहरा, सुरेश रिजाल, दीपक भट्टराई र धनबहादुर साउद पनि सदस्यमा चयन भएको संयोजक जेठाराले बताए ।

Loading...