कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ घाइते

धनगढी- कैलालीमा तीन जना सवार मोटरसाइकल अनियन्त्रित भएर ट्याक्टरको ट्रलीमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको घोडाघोडी नगरपालिका–१ को भालुफटामा आज बिहान करिब सवा चार बजे से ६ प ४४३६ नम्बरको मोटरसाइकल बिग्रेर सडकमा रोकिराखेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ५१५८ नम्बरको ट्याक्टरको इन्जिन नभएको ट्रलीमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

दुर्घटनामा मोटरसाइकल पछाडि सवार घोडाघोडी नगरपालिका–२ बस्ने २४ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको हो ।

यस्तै, मोटरसाइकल चालक र पछाडि सवार अर्का व्यक्ति घाइते छन् । मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–३ बस्ने २१ वर्षीय शंकर चौधरीको टाउकोमा गम्भीर चोट लागेको र अवस्था गम्भीर रहेको डीएसपी सिंहले बताए । उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

पछाडि सवार घोडाघोडीकै २२ वर्षीय अर्जुन चौधरी पनि घाइते छन् । उनको बायाँ खुट्टाको घुँडामा चोट लागेको प्रहरीले जनाएको छ । चौधरीको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।

Loading...