यातायात व्यवसायीको आन्दोलनमा कैलाली भन्सार देखि अत्तरिया सम्म निशुल्क बस सेवा

अत्तरिया- यातायात व्यवसायीहरू आन्दोलनका कारण भारतका विभिन्न स्थानबाट नेपाल आउने यात्रुहरू कैलाली भन्सारमा अलपत्र परेपछि सुन्दर सुदूरपश्चिम यातायात प्रालिले दुईओटा बस मार्फत भन्सारदेखि अत्तरियासम्म निशुल्क बस सेवा संचालन गरेको छ ।

प्रालीका अध्यक्ष पदमराज सापकोटाले कामको सिलसिलामा भारतमा रहेका नेपालीहरू फर्कने र उनीहरूलाई सहजताको लागि निशुल्क बस सेवा संचालन गरिएको बताए । उनले सार्वजनिक यातायात बन्दको जानकारी नपाएका कारण सो सेवा शुरु गरिएको बताए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

गण्डकी प्रदेश सरकारले हालै ल्याएको ऐनको विरोध गर्दै यातायात व्यवसायीहरूले जेठ १९ गतेदेखि सार्वजनिक यातायात पूर्ण रुपमा ठप्प पारेका छन । यातायातका साधन नचाउन भन्दै व्यवसायीहरू सडकमै उत्रिएका छन । व्यवसायीहरूले आफ्नो यातायात बसपार्क, ग्यारेज तथा घरमै थन्काएर आन्दोलनमा उत्रिएको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका कोषाध्यक्ष गोविन्द शाहले बताए ।

गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे निजी सवारी साधनले यात्रु ओसारपसार गर्ने पाउने गरी ऐन ल्याएपछि त्यसको विरोधमा देशभरका यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् । यातायात व्यवसायीहरूले आज देखि कुनैपनि सार्वजनिक यातायात चल्न नदिने नेपाल यातायात व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिका संयोजक टेकराज जोशीले बताए ।

गण्डगी प्रदेश सरकारले ल्याएको ऐन खारेज गर्नुपर्ने तथा विगतमा यातायात व्यवसायीसँग सरकारले गरेका सहमति, सम्झौताहरू कार्यान्वयन हुनुपर्ने माग आफूहरूको रहेको संयोजक जोशीले बताए । यातायात व्यवसायी र सरकारी पक्षको वार्ता हिजो बसेपनि कुनै निष्कर्ष बिनै टुङ्गिएको थियो । वार्ता आज पनि बस्ने जनाएको छ ।

Loading...