दोस्रो मेयरकप खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु




कञ्चनपुर- कञ्चनपुरको बेलौरीमा दोस्रो मेयरकप खुल्ला पुरुष भलिबल प्रतियोगिता शुक्रबारबाट बेलौरी नगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको छ ।



उक्त पुरुष भलिबल प्रतियोगितामा १२ ओटा टिमको सहभागिता रहेको बताइएको छ । प्रतियोगिताको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले उद्घाटन गरेका छन् । शुक्रबारबाट सुरु भएको प्रतियोगिता १० गतेसम्म सञ्चालन हुने बेलौरी नगरपालिका खेलकुद विकास समितिले जनाएको छ ।


आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ हजार १ सय ११ रूपैयाँ, दोस्रो हुने टिमले ५१ हजार १ सय ११ रूपैयाँ र तेस्रो हुने टिमले १५ हजार १ सय ११ रूपैयाँ पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।



