पुष्पाञ्जलीको ३२ औँ बार्षिक उत्सव सम्पन्न

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. २ अत्तरियामा रहेको पुष्पाञ्जली आवासिय माध्यामिक विद्यालयको ३२ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस भब्य र सभ्य रुपमा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न बार्षिकोत्सव तथा अभिभावक दिवस विद्यालयका प्रध्यानाध्यापक यम प्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो ।

Navadurga sun
Godawari sandesh

उक्त बार्षिकोत्सव कार्यक्रममा राष्ट्रिय सभा सदस्य सांसद कोमल ओली प्रमुख अतिथी रहेका थिए । त्यस्तै कार्यक्रमको बिशिष्ट अतिथी संबिधान सभा सदस्य तथा पूर्व शिक्षा राज्यमन्त्री लिला भण्डारी रहेका थिए ।

Dadeldhura hospital

त्यसैगरी बार्षिकोत्सव कार्यक्रमको अतिथीहरुमा कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजाल, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जबारा, ईलाका प्रहरी कार्यालय मालाखेतीका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक उमेश चन्द, भूमि ब्यबस्था तथा अब्यबस्थीत सुकुम्बासी आयोगका कैलाली जिल्ला अध्यक्ष दिपक प्रशाद देवकोटा, अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटा, गोदावरी होटल ब्यबसायी संघका अध्यक्ष धनादेवी चोखाल लगायत रहेका थिए ।

बिबिध सास्कृति कार्यक्रम सहित सम्पन्न भएको कार्यक्रममा बिद्यालयलाई निरन्तर रुपमा सहयोग गर्दै आएका सहयोगीहरुलाई सम्मान पत्र सहित सम्मानित गरिएको थियो ।

कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूणर्लाई विद्यालयका प्रध्यानाध्यापक भण्डारीले धन्यवाद दिएका छन् । उनले आफ्नो बिद्यालयले आगामी दिनहरुमा बिद्यार्थीहरुको पढाईलाई थप प्रभावकारी बनाउन ब्यबहारिक ज्ञानहरुलाई बढाउदै जाने बताएका छन् । कार्यक्रमको संचालन बिद्यालयका शिक्षक डम्मरु भट्ट र शिक्षिका गोमती भट्टले गरेका थिए ।

Loading...