सेती अस्पतालमा अक्सिजन भण्डारण गर्ने प्लान्ट जडान

धनगढी, २० भदाै– धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा अक्सिजन भण्डारण गर्न लिक्युड प्लान्ट जडान भएको छ । अक्सिजन आवश्यक पर्ने बिरामी थपिने क्रम बढेपछि अस्पताल प्रशासनले दीर्घकालीन समाधानको बाटो खोजेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

Dadeldhura hospital

‘केही सामान अझै धनगढी पुगेको छैन, प्लान्ट जडान गर्न झण्डै एक महिना लाग्ने देखिएको छ,’ अस्पतालका सूचना अधिकारी श्रेष्ठले भने । सेती प्रादेशिक अस्पतालका मेसु डा. हेमराज पाण्डेयका अनुसार संघीय सरकारको आपूर्ति महाशाखाले दातृ निकायको सहयोगमा अस्पतालमा अक्सिजन लिक्युड प्लान्ट जडान सुरु भएको हो ।

Navadurga sun
Godawari sandesh

सेती प्रादेशिक अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट अहिले दैनिक ७० सिलिण्डर अक्सिजन उत्पादन भइरहेको छ भने माग झण्डै एक सयको हाराहारीमा छ। अन्य क्षेत्रबाट ल्याइएको अक्सिजनसमेत लिक्युड प्लान्टमा जडान गरिने सेती प्रादेशिक अस्पतालले जनाएको छ। कोरोना भाइरसको दोस्रो लहरको संक्रमण दर बढेको समयमा अक्सिजन नपाएर धेरैले ज्यान गुमाएका थिए ।

Loading...