नवदुर्गा अनुष्ठान केन्द्रको २४ औं बार्षिक साधारण सभा हुदैँ

अत्तरिया, २० भदौ- नवदुर्गा अनुष्ठान केन्द्र धनगढी उपमहानगरपालिका वडा नं.८ ले २४ औं बार्षिक साधारण सभा गर्ने भएको छ । शनिबार अनुष्ठान केन्द्रका अध्यक्ष देवराज जोशीको अध्यक्षतमा बसेको बैठकले उक्त निणर्य गरेको हो ।

Dadeldhura hospital

त्यस्तै अनुष्ठान केन्द्रको २४ गते खुल्ला (वपनिङ्ग) सभा हुने त्यसमा कार्य समितिले सहमती जनाउने कार्यक्रम रहेको छ । २४ गते कार्यसमितिका पदाधिकारीहरुबाट सहमति हुन नसकेपछि २५ गते चुनाव हुने अनुष्ठानका सदस्य पारस राज जोशीले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

त्यसैगरी अनुष्ठान केन्द्र धनगढीले यही भदौ २५ गते बार्षिक चुनावी सभा गर्ने भएकोले बिहान ८ बजे सम्पूणर् कार्यसमितिका पदाधिकारीहरुलाई आमन्त्रण समेत गरेको छ ।

अनुष्ठान केन्द्रले निर्वाचन समिति गठन गर्ने निणर्य समेत गरेको छ । जसको संयोजकमा तारा प्रसाद जोशी र सदस्यमा अम्बिका प्रसाद आचार्यलाई नियुक्त गरिएको छ ।

Loading...