अत्तरियाको दुर्गालक्ष्मी नमूना माविको १२ कोठे भवन उद्घाटन

सीमित बजेटमा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी जारी राख्नेः नगर प्रमुख भट्ट

अत्तरिया- गोदावरी नगरपालिकाको दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयले आज ऐतिहासिक उपलब्धि हासिल गर्दै १२ कोठे पक्की भवनको उद्घाटन गरेको छ ।

Ganyapdhura gau

गोदावरी नगरपालिकाको दुर्गा लक्ष्मी नमूना माध्यमिक विद्यालयमा “नमुना विद्यालय विकास योजना, गुरुयोजना २०७५” अन्तर्गत निर्मित १२ कोठे तीन तले शैक्षिक भवन (विज्ञान तथा पुस्तकालय भवन) को उद्घाटन आज (सोमबार) एक कार्यक्रमका बिच नगर प्रमुख बिरेन्द्र भट्टले  गरेका हुन् । 

Navadurga sun
Godawari sandesh

उद्घाटन गरिएको उक्त भवनले विद्यालयलाई अत्याधुनिक शैक्षिक सुविधा उपलब्ध गराउने देखिन्छ । भवन निर्माण गुरुयोजनाको भौतिक निर्माण अनुदान कार्यक्रम अन्तर्गत भएको हो ।

Dadeldhura hospital

कार्यक्रममा बाेल्नुहुँदै नगर प्रमुख भट्टले यस भवनले शिक्षाको गुणस्तर सुधार्ने र प्राविधिक शिक्षालाई बढावा दिने आधार स्तम्भ हुने बताए । गोदावरी नगरपालिकाले यस वर्ष सबै सामुदायिक विद्यालयहरूमा स्मार्ट शिक्षा प्रणाली लागू गर्ने योजना बनाएको छ । सीमित बजेटमा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी जारी राख्ने नगर प्रमुख भट्टले बताए ।

५० वर्षको स्वर्णजयन्तीको पुर्वार्धमा यस यात्रामा विद्यालयले स्थानीय समुदाय, शिक्षक, विद्यार्थी र अभिभावकहरूको सहयोगलाई महत्वपूर्ण बताएको छ । नयाँ भवनले विद्यालयलाई निकट भविष्यमा “आदर्श विद्यालय” को रूपमा विकास गर्ने आशा व्यक्त गरिएको छ ।

यस अवसरमा नगर प्रमुख भट्टले “यो भवनले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा वातावरण उपलब्ध गराउनेछ” भन्दै विद्यालयको विकासमा सहयोग पुर्याउने सबैलाई आभार व्यक्त गरे । विद्यालय प्रशासनले यस नयाँ भवनले विज्ञान शिक्षा र अध्ययनअनुसन्धानलाई गति दिने अपेक्षा व्यक्त गरिएको छ ।

दुर्गा लक्ष्मी नमूना माध्यमिक विद्यालयले देशभरिका १ सय २२ नमुना विद्यालय मध्ये एकको रूपमा नयाँ शैक्षिक भवनको सफल निर्माण पूरा गरेको छ । विद्यालयका प्रधानाध्यापक शिवराज जोशीले “नमुना विद्यालय विकास योजना” अन्तर्गत १ करोड ८४ लाख ७४ हजार २ सय ६६ रुपैयाँ बजेटमा निर्मित यस भवनले शिक्षण वातावरणमा क्रान्तिकारी परिवर्तन ल्याउने बताए ।

प्रधानाध्यापक जोशीले “यो भवनले हाम्रा विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक सुविधा प्रदान गर्नेछ” भन्दै निर्माण टोली र स्थानीय निकायलाई आभार व्यक्त गरे । विद्यालयले अब प्राविधिक शिक्षा र अनुसन्धानमा विशेष जोड दिने योजना बनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहले यो कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । 

Couple
Loading...