सिडिओ हमालले दिए घरमै पुगेर अपाङ्गता भएकी अरुणालाई नागरिकता

अत्तरिया- अपाङ्गता भएकी कैलालीको गोदावरीकी अरुणा कुमारी चौधरीलाई प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहितको टोलीले घरमै पुगेर नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेको छ ।

गोदावरी नगरपालिका वडा नम्बर- ८ की चौधरीलाई प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल सहितको टोलीले मंगलबार (आज) बिहान घरमै पुगेर नागरिकता प्रदान गरेका हो ।

Navadurga sun

अपाङ्गता भएका कारण नागरिकता बनाउन प्रशासनसम्म जान नसक्दा सरकारी सेवाबाट बञ्चित हुनुपरेको जानकारी चौधरीका बुवाले गराएपछि आफूहरूले घरमै आएर नागरिकता प्रदान गरेको प्रमुख जिल्ला अधिकारी हमालले बताए ।
शारीरिक रूपमा पूर्णरुपमा अशक्त ३७ वर्षीय चौधरी नागरिकता लिन प्रशासन कार्यालयसम्म जान नसक्दा नागरिकताबाट बञ्चित थिईन्

कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले जिल्लाका अन्य स्थानीय तहहरूमा पनि आफूहरुले अशक्त व्यक्तिहरुलाई घरमै पुगेर नागरिकता प्रदान गर्दै आएको भन्दै कोही त्यस्ता व्यक्तिहरू भएमा घरमै गएर नागरिकता उपलब्ध गराउन सकिने बताए ।

नेपाली नागरिक कुनै पनि बहानामा नागरिकताबाट बन्चित हुनु नपर्ने उनले बताए । करिब ४ दशकसम्म अनागरिक रहेकी अशक्त छोरीलाई घरमै नागरिकता दिन आएको भन्दै बुवा जित बहादुर चौधरीले खुशी व्यक्त गरे । उनले नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता लिन जाँदा पनि विभिन्न प्रश्नको सामना गर्नुपरेको बताए ।

नगरपालिकाको सहजिकरणमा वडाबाट कागजात बनाएर प्रशासन कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरी घरमै नागरिकता उपलब्ध गराइएको वडा नम्बर ८ का अध्यक्ष गोबिन्द चौधरीले बताए ।

प्रमुख जिल्ला अधिकारीसहित नागरिकता वितरणका क्रममा प्रशासकीय अधिकृत जोशी, खरिदार तेज बहादुर पार्की, वडा अध्यक्ष चौधरी लगायतको सहभागिता थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...