बैतडीमा १३ वर्षमा चितुवाको आक्रमणबाट २८ जनाले गुमाए ज्यान

बैतडी- बैतडीमा १३ वर्षमा चितुवाको आक्रमणबाट २८ जनाको ज्यान गएको छ। जिल्लामा २०६८ सालदेखि हालसम्म २८ जनाको चितुवाको आक्रमणबाट ज्यान गएको हो ।

बैतडीमा चितुवा–मानव द्वन्द्व बढेको देखिएको छ । जिल्लामा १३ वर्षमा २८ मानिस र सोहीको सङ्ख्यामा चितुवा समेत पासोमा परेर मरेका छन्।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

चितुवाले खाने आहारा मानिसले चोरीसिकारी गर्न थालेपछि द्वन्द्व बढेको दाबी गरिएको छ। मानव–वन्यजन्तुबिचको द्वन्द्व अध्ययन गर्न संरक्षण कोषले बैतडीको तल्लो स्वराड क्षेत्रका विभिन्न ठाउँमा ५० वटा स्वचालित क्यामरा जडान गरेर चितुवाको अध्ययनसमेत सुरु गरेको छ ।

बैतडीको तल्लो स्वराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा ५० वटा स्वचालित क्यामरा जडान गरेर अनुसन्धान सुरु गरिएको हो । अध्ययन टोलीले १५ दिनसम्म चितुवा र वन्यजन्तुको गतिविधि रेकर्ड गरेर फर्किएको छ ।

क्यामरामा रेकर्ड भएका गतिविधिको अध्ययनपछि चोरीसिकारी नियन्त्रण गर्न अग्रमोर्चामा खटिने कर्मचारीलाई तालिम र समुदायसँग छलफल गर्न सुरु गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाका कार्यालय प्रमुख लक्ष्मीराज जोशीले बताए ।

चोरीसिकारी जस्ता वन्यजन्तु अपराधका कारण मानव–वन्यजन्तु बिच द्वन्द्व बढेको निष्कर्ष राष्ट्रिय प्रकृति संरक्षण कोषको छ ।

Loading...