नेकपा एमालेको जरा अभियान कैलालीमा ब्यापक

धनगढी- नेकपा एमालेले शुरु गरेको वडा केन्द्रित जरा अभियान कैलालीमा ब्यापक बनेको छ । नेताहरु जनताका घरदैलोमा पुगेर सरकारले गरिरहेका काम र पार्टीका अभियान बारे जानकारी गराइरहेका छन् ।

अभियान अन्तर्गत टोल कमिटि गठन गर्ने, कार्यक्रता र जनतालाई भेट्ने काम भइ रहेको छ । जिल्लाका अधिकाशं पालिकाहरुले अभियानलाई अन्तिम चरणमा पुगाएको नेकपा एमाले कैलाली जिल्ला कमिटिका अध्यक्ष यज्ञराज ढुगांनाले बताए ।

Navadurga sun

नेताहरु हरेक वडामा पुगेर नेताहरु जनताका समस्या बुझ्ने र समाधानका उपायबारे छलफल गरिरहेका छन् । पाटीले निर्देशन गरे अनुसार हामी केन्द्र, प्रदेश र जिल्लाका नेताहरु जनताका टोल/टोलमा पुगिरहेका छौँ अध्यक्ष ढुगांनाले भने “उहाँहरुका समस्या सुनिरहेका छौँ र तिनको समाधानका लागी सम्बन्धित निकायसगं पहल गर्ने छौँ ।” जरा अभियानमा जनताको ब्यापक उपस्थिती देखिएको बताउँदै उनले अब कैलालीमा एमालेको जबरजस्त उपस्थिती हुने दावी गरे । आगामी चैत सम्म जरा केन्द्रित अभियान जारी रहने उनको भनाई छ ।

वडा केन्द्रित जरा अभियान अन्तर्गत कैलालीको लम्की चुहा वडा नम्बर ८ को बिस्तारित बैठक सम्पन्न भएको छ । वडा कमिटि अध्यक्ष लक्ष्मी भण्डारीको अध्यक्षतामा आयोजित बैठकमा नेकपा एमाले केन्द्रिय सदस्य कमला कुमारी ओली, केन्द्रिय अनुसाशन आयोग सदस्य पबित्रा तिमिल्सिना, प्रदेश कमिटि सदस्य नर बहादुर खड्का, लाल बहादुर बोगटी, कैलाली जिल्ला अध्यक्ष यज्ञराज ढुगांना लगायतको सहभागिता थियो । पार्टीको वडा केन्द्रित जरा अभियान लाई सफल बनाउन महत्वपुर्ण निर्णय गर्दै बैठक सम्पन्न भएको बताइएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...