कांग्रेस कैलाली जिल्ला पार्टी सचिवमा लक्ष्मण शाहीको उम्मेदवारी घोषणा

अत्तरिया, १६ भदाै– नेपाली काँग्रेसको कैलाली जिल्ला सचिवमा युवा नेता लक्ष्मण शाहीले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको आसन्न १४औं महाधिवेशनमा उनले सचिब पदमा उम्मेदवारी घोषणा गरेका हुन । पटक पटक महाधिवशेनको मिति सर्दे गएपनि नेताहरुले भने स्थानीय स्तर देखि केन्द्र स्थर सम्मका विभिन्न पदहरुमा आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन ।

Dadeldhura hospital

लामो समय देखि शाहीको नाम जिल्ला सचिवका लागि चर्चामा रहदै आए पनि शाहीले आधिकारी रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन । २०५९ सालबाट नेविसंघ कैलाली बहुमूखी क्याम्पसको इकाई सभापति बाट आफ्नो राजनीति यात्रा सुरु गरेका शाही झण्डै १० बर्ष कैलाली जिल्लाको नेविसंघ सभापति भएका थिए ।

Navadurga sun
Godawari sandesh

नेविसंघ कैलालीको अध्यक्षको कार्यकालमा जिल्लाभर मजबुत नेविसंघ बनाएर एकाएक चर्चामा आएका शाही २०७४ सालतको प्रदेश सभा निवार्चनमा नेपाली काँग्रेसको तर्फबाट कैलाली जिल्लाको निवार्चन क्षेत्र नम्बर ३ अन्त्तगर्त प्रदेश २ बाट प्रदेश सभा सदस्यका लागि काँगेसले उनलाई उम्मेदवार बनाएको थियो तर उक्त निवार्चनमा उनि पराजित भएका थिए ।

पार्टीका केन्द्रीय स्कातरका नेताहरु संग नजिक मानियका र जिल्ला तहका नेता कार्यकार्ता माझ भिजेका शाहीको उम्मेद्वारी लाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनलाई कूसल संगठन निमार्णकर्ता रुपमा पनि नेता तथा कार्यक्रर्ताले लिने गरेका छन ।

Loading...