दार्चुलाका बाढीपहिरो पिडित : राती त्रिपालमा दिउँसो घरमा बास




अत्तरिया, १६ भदाै– महाकाली नगरपालिकाका १ का ८३ वर्षीय शेरबहादुर बम लामो समयदेखि विरामी छन् । ब्लड प्रेसरका विरामी वम दुई दिनदेखि झन थलिएका छन् ।



छोराहरुले कमाएको सम्पत्ति आइतबार राती आएको निजाङखोलाको बाढिले बगाएपछि उनी थला परेका हुन् । पहिलेदेखि अरुले नै बोकेर यताउता गर्दै बसेका बम अहिले छोरा नातीहरुले राती बोकेर सडक छेउमा गाडिएको त्रिपालमा पुर्याउँछन् ।


बिहान घरमा लगेर उपचार गराउँछन् । होटल पसल, भैसी भेडाबाख्रा सबै बगेको थाहाँ पाए पछि उनी बेला बेलामा घोब्राउने गर्छन् । मान्छे देख्यो कि रुने गर्छन् । नदी किनार हेर्दै रुने गरेको उहाँका छोरा देवबहादुर वमले बताए। उनले भने बुवालाई ड्रिप्रेशन हुने खतरा बढेको छ ।



