आज पहाडी भेगमा वर्षाको सम्भावना

काठमाडौं पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली छ। तराईका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Dadeldhura hospital

दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही र देशका बाँकी पहाडी भूभागका एक दुई स्थानमा चट्याङ सहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा र देशका बाँकी पहाडी भूभागका केही स्थानमा चट्याङ सहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही तथा देशका बाँकी पहाडी भूभागका केही स्थानमा चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Loading...